नेकपा गोरखा र लमजुङ समितिले संयुक्त रूपमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लक्ष्यसहित धान खेती सुरु गरेको छ। नेकपाको केन्द्रीय नीतिअनुसार उत्पादनमै आधारित समाजवादको बाटो अघि बढाउने उद्देश्यले गोरखा र लमजुङले संयुक्त पहलमार्फत ४५ रोपनी जमिनमा धान खेती सुरु गरिएको हो।जेठ १० गते गोरखा जिल्लाको पालुङटार नगरपालिका–३, तला शेरामा बीउ राख्ने कार्य सम्पन्न गरिएको छ।


जनतामाझ श्रम, उत्पादन र आत्मनिर्भरताको भावना जागृत गराउने लक्ष्यका सो कार्यक्रम संञ्चालन गरिएको नेकपा गोरखा जिल्ला इन्चार्ज कपिल सीले बताउनुभयो ।उहाँले भन्नुभयो “हामीले उत्पादनको थालनी गरेका छौँ, त्यसैले राज्य सञ्चालन गर्नेहरू आत्तिन थालेका छन्। देशको नेतृत्व नेकपाले गरे मात्र समाजवादको यात्रा सम्भव छ।” उहाँले पार्टी कार्यकर्तालाई श्रममा जोडी आत्मनिर्भरताको अभ्यास गर्ने अभियानमा जुट्न समेत आह्वान गर्नुभएको छ ।
उक्त कार्यक्रमा १५ जना भन्दा बढीको सहभागी रहेको लमजुङ जिल्ला सेके्टरी रविन्द्र सिले जनाकारी दिनुभयो ।