जिल्ला प्रहरी कार्यालय तनहुँ परिसरमा इच्छुक सेवाग्राही र प्रहरी कर्मचारीहरुको लागि पुस्तकालय स्थापना गरिएको छ । प्रहरीको पहलमा लायन्स क्लव तनहुँ दमौली र लायन्स क्लव तनहुँ सत्यवतीको सहयोगमा पुस्तकालय स्थापना गरिएको हो । बिभिन्न विधाका दुई ५० थान पुस्तकसहित पुस्तकालयको स्थापना गरी संचालनमा ल्याइएको तनहुँ प्रहरीले जनाएको छ।