सुनचाँदी व्यवसायी संघ तनहुँको अग्रहमा संघमा आवद्ध दमौलीका सुनचाँदी व्यवसायीहरूले किरियापुत्रीलाई आर्थिक सहयोग गरेका छन् । ऋषिङ गापा वडा नं ३ बस्ने ५२ बर्षिय कुल बहादुर बिकको परिवारलाई रू २८ हजार ६ सय रूपयाँ सहयोग गरिएको संघका प्रवक्ता दिपक सुनारले जनाकारी दिनुभयो ।
आर्थिक अवस्था कम्जोर रहेको विक को परिवार व्यास ३ स्थित किरियापुत्री भवनमा किरिया बसिरहेका छन्। वि क को हृदयघातका कारण मुत्यु भएको थियो भने उनको २ छोरा र एक छोरी समेत रहेको छन् ।
सो कार्यक्रममा संघका कार्य समिति सदस्य ,सुनचाँदी व्यवसायीहरूको उपस्थित रहेको थियो ।संघ विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ ।
