काठमाडौँ गोकर्णेश्वर नगरपालिका २ नयाँपाटी बस्ने ३७ वर्ष बलिन्द्र प्रकाश राईको ज्यान लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्रा;उ गरेको छ ।

पक्रा;उ पर्नेमा रामेछाप सुनापति गाउँपालिका ४ घर भई काठमाडौँ गोकर्णेश्वर १ बस्ने २९ वर्ष प्रविण तामाङ, सर्लाही बाग्मती गाउँपालिका ३ घर भई गोकर्णेश्वर नगरपालिका २ बस्ने २३ वर्ष समिर वाईवा तामाङ, सोही निवासी २६ वर्ष अभिसेक वाईवा तामाङ,सिल्दुपाल्चोक ईन्द्रवती गाउँपालिका ६ घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने २९ वर्ष दिपेन्द्र भुजेल,काभे्रपलान्चोक ,चौरीदेउराली गाँउपालिका ७ बस्ने वर्ष २८ अनुराग तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सुचना अधिकारी अपील राज बोहाराले जनाकारी दिनुभयो । निजहरुले २०८२ वैशाख ३० गते राईलाई गम्भीर घाई;ते बनाई उनको उपचारको क्रममा मु;त्यु भएको बहोराले बताउनुभयो ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा फरार रहेका पाँच जनालाई विभिन्न मितिमा पक्राउ गरिएको हो।निजहरुलाई काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।