काठमाडौँ ।  यात्रुवाहक बस र टिप्पर आज बिहान तनहुँ बन्दिपुर-४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गमा ठोक्कि;एका छन् । रुकुम पश्चिमबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र.०१-००१ अ-यो ००२७ न.को टिप्पर एक आपसमा ठोक्कि;एका हुन् । 

सो दुर्घटनामा सात जना घाइ;ते भएका छन् । घाइतेहरूको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । ४९ वर्षीय हरिसचन्द्र खत्रीको भने खुट्टा फ्याक्चर भएकोले थप उपचारको लागि भरतपुर अस्पताल रिफर  गरिएको छ । 

दुर्घटनामा ३५ वर्षीय चन्द्र बराल, १७ वर्षीय बिन्दु वली, ५० वर्षीय भद्र बहादुर वली, ३५ वर्षीय शर्मिला पाण्डे,  बस चालक ३० वर्षीय सन्जोग नेपाली र टिपर चालक ४४ वर्षीय शङ्कर अधिकारी घाइ;ते भएका छन् ।