नेपाल पत्रकार महासंघ तनहुँले भानु नगरपालिकाको सहयोगमा मर्स्याङ्दी नदीमा जलविहार कार्यक्रम गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित शनिबार भानु नगरपालिका–३ को तुरतुरेबाट आँवुखैरेनी गाउँपालिका स्थित अकला मन्दिरसम्म जलविहार गरिएको थियो ।
मर्स्याङ्दी नदीमा जलविहारको सम्भावना रहनुका साथै यसबाट पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले
नगरपालिकासँगको समन्वयमा जिल्लास्थित सञ्चारकर्मीलाई जलविहारको व्यवस्था मिलाइएको
नेपाल पत्रकार महासंघले जनाएको छ ।
पत्रकारहरूले यस क्षेत्रमा जलविहारको सम्भावनाबारे
सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने भएकाले यसले भानुको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वासका
साथ जलविहारको कार्यक्रम गरिएको महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारीले बताए ।
जलविहारमा सहभागी पत्रकार पूर्ण विकले मस्र्याङ्दी नदी जलविहारका लागि सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सकिने बताए । जलविहारमा जिल्लाका करिब ५० जना पत्रकारको सहभागीता रहेको थियो । जलविहार पश्चात् डुङ्गामै बसेर महासंघको बैठक समेत भएको थियो ।
जलविहार अगाडि भानु–९ स्थित चितीखोला होमस्टे ९घरबास०मा पर्यटन विकास तथा मस्र्याङ्दी नदीमा साहसिक जलयात्रा प्रवद्र्धन कार्यक्रम सम्बन्धी अन्तरक्रिया भएको थियो । अन्तरक्रिया कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पर्यटन प्रवर्द्धन र पर्यटकीय गन्तव्यको संरक्षणलाई नगरपालिकाले प्राथमिकता दिएको बताए ।
उलने भने, ‘पर्यटन प्रवद्र्धनका लागि सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका हुने र पत्रकारहरूले यस
क्षेत्रको प्रचारप्रसारमा सहकार्य र समन्वय गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
कार्यक्रममा उपप्रमुख उमा गोतामेले पालिकाले आर्थिक समृद्धिको आधारको रुपमा पर्यटन विकासलाई प्राथमिकतामा राखेको बताइन्। “सम्पदाहरुको संरक्षण गर्दै समुदायमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित होमस्टे सञ्चालन तथा पर्यटन पूर्वाधार विस्तारमा जुटेका छौं,” उनले भनिन्।ग्रीनहिल सामुदायिक होमस्टेकी धनकुमारी सारू मगरले समुदाय(आधारित पर्यटनले स्थानीय जीवनस्तर उकास्न भूमिका खेलेको बताइन्। गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले देशको आर्थिक समृद्धिमा पर्यटन व्यवसायले उल्लेखनीय योगदान दिएको भन्दै राज्यको लगानी आवश्यक रहेको धारणा राखे।
कार्यक्रम नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो। सहभागीमध्ये वडा नं। ५ का अध्यक्ष नहकुल अधिकारी, वडा नं। ९ का अध्यक्ष मिनबहादुर गुरुङ, सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, प्रशासकीय अधिकृत एवं सूचना अधिकारी क्रियाहरि लौडारी लगायतले समेत पर्यटन पूर्वाधारको सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए।
सहभागीहरूले भानु नगरपालिकाले साहसिक, धार्मिक र सांस्कृतिक पर्यटनलाई एकसाथ जोड्दै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने योजनासहित पर्यटन रणनीति अघि बढाएको बारेमा बताइएको थियो ।
