म्याग्देका युवायुवतीलाई सीपमुलक तालिम दिइएको छ। गरिब निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्र्तगत म्याग्दे गाउँपालिकाका युवायुवतीलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको छ । मेड्पा कार्यक्रमबाट सीप सिकाउनु अघि उद्यमी बन्न चाहनेका लागि घरधुरी सर्वेक्षण,अभिमुखिकरण र उद्यमशीलता विकास तालिम संचालन गरेको हो ।
स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिम कार्यक्रम संचालन गर्ने तयारी भइरहेको म्याग्दे गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपानेले जानकारी दिनुभयो ।


केही सिप सिकेर आम्दानी गर्न स्थानीय युवायुवतीहरुको माग भएपछि तालिम कार्यक्रम संचालन गर्न लागिएको न्यौपानेले बताउनुभयो ।गाउँपालिकाले मेड्पा अन्र्तगत क्रिष्टलका गहना, हर्पिक,फिनेल, झोल सावुन, कफि ९वारिष्ठा०, कला सँस्कृतिको संरक्षणका लागि पन्चेबाजा बजाउने,होमस्टे लगायतका तालिमका कार्यक्रमहरु संचालन गर्न लागेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा वडा नं ३,४,५ र ६ नम्वर वडाका ७५ जनालाई सिपमुलक तालिम दिने गाउँपालिकाको लक्ष्य रहेको छ । आफूसँग सिप भए लघु उद्यम घरेलु तथा साना उद्योग कम लगानीमा सहज रुपमा संचालन गर्न सकिने भएकाले यसतर्फ युवा युवतीहरु बढी आकर्षित बनेका छन् ।


स्थानीयस्तरमा आर्थिक क्रियाकलाप बृद्धि गरी अन्तर स्थानीय तहमा नविनता असल अभ्यास र सिकाई आदानप्रदान गर्ने, आर्थिक विकासमा नबप्रवद्र्धनको अवधारणालाई अवलम्वन गर्ने, समावेशी र दिगो स्थानिय आर्थिक बृद्धिको प्रवद्र्धन गर्ने, अन्तर स्थानीय तहमा नविनता असल अभ्यास र सिकाई आदानप्रदान गर्ने, स्थानिय आर्थिक विकासका क्रियाकलापमा नीजि क्षेत्र, सामुदायिक क्षेत्र र सहकारी क्षेत्रको अधिकतम परिचालन गर्ने लक्ष्य गाँउपालिकाको रहेको छ ।गाउँपालिकाले चालुआर्थिक वर्षमा नवप्रवद्र्धन र बृद्धिमुखी उद्यमशिलता प्रवद्र्धन जस्ता कार्यक्रम संचालन गरि धेरै मात्रामा रोजगारी अवसर सृजना गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताउनुभयो ।


स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, स्थानिय तहमा आर्थिक समृद्धि हासिल गर्न, स्थानियस्तरमा उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, स्थानिय क्षेत्रमा उद्यमशिलता प्रवद्र्धन गरी रोजगारी र आय बृद्धि गर्ने, नबप्रवद्र्धनलाई अवलम्वन गरी समावेशी र दिगो आर्थिक विकास हासिल गर्ने गाँउपालिकाको मुख्य उदेश्य रहेको छ । युवालाई व्यवसायमा आकर्षण गर्न युवाहरुको व्यवसाय सम्मेलन (विजनेश स्टार्ट अप कन्फरेन्स) समेत आयोजना गरिसकेको आर्थिक विकास शाखा प्रमुख न्यौपानेले बताउनुभयो । युवायुवतीको माग र चाहनालाई विशेष ध्यान दिई सिपमुलक तालिमलाई मुख्य प्राथमिकता दिएको प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।