गाजा । खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृ;त्यु भएको छ भने दर्जनौँ घाइ;ते भएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्।

स्थानीय स्रोतका अनुसार इज;रायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ छ वटा ब;म खसालेका थिए, जुन अस्पतालको आँगन र वरपरका क्षेत्रहरूमा खसेका थिए। इजरायली सेनाले भने ‘कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा हमास आतंक;कारीहरूमाथि सटीक हमला’ गरेको बताएको छ। इजराय;लले यो केन्द्र अस्पताल मुनि रहेको दाबी गरेको छ।

यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइ;ते भएका छन्। यद्यपि, उपचार पछि, उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।

७ अक्टोबर २०२३ मा सुरु भएको इजरायल र हमासबिचको यो द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारि;एका छन्।