तनहुँको ऋषिङ गाउँपालिकामा अपाङ्गता बालबालिका पहिचान तथा भर्ना अभियान सम्पन्न भएको छ । गाउँपालिका मातहतका वडाहरुमा ब्यास लेखाजोखा केन्द्र तथा बुद्ध दाहल बहिरा आवासिय बिधालयको सहकार्यमा सुनाइ सम्बन्धि अपाङ्गता, बौद्धिक अपाङ्गता,दृस्टीबिहिन भएका बालबालिका पहिचान गरि आवासिय रुपमा निशुल्क शिक्षा प्रदान गर्ने उदेश्यले भर्ना अभियान सप्पन्न भएको हो।

बुद्ध दाहाल बहिरा बिधालयकी प्रध्यानाध्यापक कमला पौडेलले ऋषिङ गाउपालिका भित्र रहेका बहिरा बालबालिका पहिचान गरि निशुल्क आवासिय रुपमा भर्ना गरि सांकेतिक भाषा मार्फत शिक्षा प्रदान गरिने बताइन् ।

दोभासे शिक्षक मैयाँ भट्टराईले अक्षरलाई शब्द शब्दलाई अक्षर अक्षरलाई संकेत मार्फत सांकेतिक भाषाको माध्यम बाट बुद्ध दाहाल बहिरा बिधालयमा बिद्यार्थीहरुलाइ निशुल्क आवासीय शिक्षा प्रदान गरिने बताइन्।

दोभासे शिक्षक कमल श्रेष्ठले आफू बहिरा अपाङ्गता भएको अवस्थामा आफू अनुकुलको बहिरा बिधालयमा भर्ना भएर शिक्षा प्रदान गरि शिक्षक सेवा आयोग मार्फत स्थायी शिक्षकमा नाम निकान्न सफल भएर हाल बुद्ध दाहाल बहिरा बिधालयमा स्थायी शिक्षकको रुपमा कार्यरत रहि बहिरा बिद्यार्थीहरु लाई पठनपाठन गर्दै आइरहेको बताए।

भिरकोट ४ का वडा अध्यक्ष प्रेम राज श्रेष्ठले अपाङ्गता पहिचान भएका बालबालिकाका लाई स्वास्थ शिबिरमा निशुल्क आँखा शिविरमा दृस्टी सम्बन्धि अपाङ्गता भएका बालक लाई शल्यक्रिया मार्फत उपचार गरि आँखा देखन सकेको बताए।

भिर्कोट ४ स्थित रहेको बाल बिकास माबीका प्रध्यानाध्यापक सुरेन्द्र कुमार कर्णले हाल बिधालयमा कुनै पनि अपाङ्गता भएको बिद्यार्थी नरहेको भएमा जानकारी गराउने प्रतिबद्धता ब्यक्त गरे।

ऋषिङ ६ स्थित श्रृङ्गा मा बि का प्रध्यानाध्यापक पध्म बहादुर रानाले हाल बिधालयमा बौद्धिक अपाङ्गता भएका ३ जना बिद्यार्थी अध्ययनरत रहेको उनिहरुको सिकाइस्तर अन्य बिद्यार्थीको तुलनामा फरक रहेको छ बाटोमा देख्दा भेटदा नमस्कार गर्ने दैनिक बिधालय उपस्थिति भए बापत बार्षिक उत्सवमा कलम कापी पुरस्कार पाउदाको क्षण उहिहरुको लागि अत्यन्तै खुसी भएको पल भएको स्मरण गराए।

ऋषिङ ८ स्थित रहेको शिव सरस्वती मा बि का प्रध्यानाध्यापक लिल कुमार श्रेष्ठले हाल बिधालयमा बहिरा, शारीरिक अपाङ्गता भएका बिद्यार्थी अध्ययनरत रहेको अन्य बिद्यार्थीको तुलनामा फरक आभास सम्बन्धित बिद्यार्थीमा पर्ने मनोबैज्ञानिक कठिनाइ महसुस भएको प्रसङ्ग ब्यक्त गरे। काहुशिवपुर , ऋषिङ, भिरकोटमा रहेका बिधालय उमेरका बालबालिकाको तथ्यांक यकिन गरि अपाङ्गता पहिचान गरि सम्बन्धित अपांगता स्रोत कक्षा बिधालय उमेर समुहका बालवालिकालाइ निशुल्क आवासिय शिक्षा प्रदान गरिने लेखाजोखा केन्द्रका लेखाजोखा संयोजक ईश्वर बास्तोलाले बताए।