तनहुँका लोक तथा दोहोरी गायक आर्सी गौलीको पैसा गित सर्वजानिक भएको छ । आर्सी गौली र देवी घर्तीको स्वरमा रहेको गित आइतबार सर्वजानिक भएको हो । उक्त गितमा लय,शव्द र कथा गौलीले गर्नुभएको छ भने अभिनय मन्दिरा क्षेत्रीले गर्नुभएको छ । र्सजन थापा मगरको निर्देशन रहेको गितमा सम्पादन नेत्र गुरुले गर्नुभएको छ ।
सो गित आर्सी गौलीको युटुब च्यानलबाट हेर्न सकिन्छ । गितमा पैसाको अभावको बारे चित्रण गरिएको छ ।
