व्यास नगरपालिका ३ को वडा कार्यलयको भवन शुक्रबार शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले उक्त भवनको शिलान्यास गर्नुभएको हो । सो अवसरमा बोल्दै श्रेष्ठले कार्यलयको आफ्नो भवन निर्माण भएपछि सेवाग्राहीलाई थप सहज हुने बताउनुभएको थियो ।


सो कार्यक्रमा जिल्ला समन्यव समितिका प्रमुख शन्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने , वडा अध्यक्ष अनुप राना , वडा सदस्य दधिराज धिमिरे लगाएत स्थानियहरुको उपस्थित रहेको थियो ।
जिल्ला समन्यव समितिको स्वामित्वमा रहेको उक्त जग्गा मन्त्रिपरिषद्ले वडा कार्यलयको भवन निर्माणका लागि जग्गा उपलष्ध गराएको हो ।
वडाको हाल निमचोक स्थित भाडा वडा कार्यलय संञ्चालन गरिएको छ ।