तनहुँको भिमाद नगरपालिकामा छातिरोग सम्बन्धी निःशुल्क खोजपड्ताल शिविर सम्पन्न भएको छ। यस शिविरमा २ सय ५५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए, जसमा ५ जनामा क्षयरोगको पुष्टि भएको छ। यो शिविर प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ र भिमाद नगरपालिकाको संयुक्त आयोजनामा आयोजित भएको हो, जसमा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराको प्राविधिक सहयोग पनि प्राप्त थियो।
शिविरको उद्देश्य एक्स-रेको माध्यमबाट क्षयरोग संक्रमणको पहिचान गर्ने रहेको जनस्वास्थ्य अधिकृत सुनिता धरेलले जानकारी दिइन्। उनले ५ जनामा क्षयरोगको लक्षण पुष्टि भएपछि, थप शंका लागेका बिरामीहरूको खकार परीक्षणका लागि प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा पठाइएको बताइन।वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले गरेका थिए। नगरप्रमुख सुवेदीले स्वास्थ्य परीक्षणको महत्त्व र हस्पिटल जान नसक्ने नागरिकलाई नजिकैको शिविरमा सहभागी हुन आग्रह गरे। उनले भनें, “स्वास्थ्य परीक्षण नियमितरूपमा गर्दा लाभ हुन्छ।”
यस कार्यक्रममा भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल र प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले आफुनो मन्तब्य ब्यक्त गरेका थिए । । कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी पूर्णिमा नेपालीले गरेकी थिइन ।