व्यास नपा–१ स्थित निर्मल माध्यमिक विद्यालयमा मुटु परिक्षण र सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । विश्व मुटु दिवसको अवसरमा आइतबार दमौली अस्पतालको समन्वयमा बिद्यालयका विद्यार्थीहरुको लागि मुटु सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख एवं दमौली अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्लेले यस्तो कार्यक्रम हरेक विद्यालयले गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा ब्यास नगर पालिकाका मेयर बैकुण्ठ न्यौपाने, दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराल, डा सन्दिप पान्डे, डा बिपना गुरुङ, डा आकृति, विद्यालयका प्रअ गणेशचन्द्र बस्नेत, विद्यालय व्यवस्थापन समितिका सदस्य हरिशरण खनाल लगायतले चिकित्सकहरुले सल्लाह दिए अनुरूप कार्य गरे मुटु रोग जस्तो घातक रोग नलाग्ने बताउनुभएको थियो ।उक्त कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षकहरूको मुटु र स्वस्थ परिक्षण समेत गरिएको थियो ।
