स्थानीय बजारमा पहेँलो धातुको मूल्य बिहीबार तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजार रुपियाँमा कारोबार भएकामा आजका लागि एक लाख ५१ हजार नौ सय रुपियाँ निर्धारण भएको छ । बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो ।यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपियाँले कम भई आज एक हजार आठ सय ३० रुपियाँमा कारोबार भएको छ ।
