दुलेगौडा । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामले आयोजना गरेको शिव महिमा बोलबम धार्मिक महोत्सवको तयारी पुरा भएको छ । च्यवन धाम र गौं संरक्षण केन्द्रको एकिकृत विकास एवम् प्रर्वद्धनका लागि आयोजना गरिएको महोत्सवको तयारी पुरा भएको च्यवन धाम समितिका अध्यक्ष होमनाथ लम्सालले बताए ।
श्रावण २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने सप्ताहाव्यापी धार्मिक महोत्सवमा माधुर्य कथा वाचक पण्डित वालकृष्ण अर्यालले कथा वाचन गर्नेछन् । सोमबार विहान ८ बजे शुक्लागण्डकी नगरपालिका–७ दोभानदेखी बोलबम यात्रा सुरु भई शुक्लागण्डकी नगरपालिकाको गेटबाट विहान १० बजे झाँकी सहितको कलशयात्रा हुने मुल समारोह समितिका संयोजक नारायण कुमार श्रेष्ठले बताए ।महोत्सवको सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गर्ने छन् ।