बन्दिपुर गाउँपालिकाले चालु आ।व २०८१÷०८२ को बार्षिक नीति कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । विहिबार बन्दिपुर–४ स्थित बन्दिपुर बजारमा विशेष कार्यक्रमको आयोजना गरि बार्षिक कार्यक्रम र बजेट सार्वजानिक गरेको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका सांसद एवं राष्ट्रिय सभामा सत्ता पक्षका मुख्य सचेतक भगवती न्यौपानेले पारित भएका विकास आयोजनालाई कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको थियो । जनताको जिवनस्तर उकास्ने खालको कार्यक्रम सन्चालन गर्नुपर्ने भन्दै न्यौपानेले सबैको प्रयत्न र सहयोगले संघ र प्रदेश सरकारबाट बन्दिपुर गाउँपालिकाको लागि हालसम्मकै सबैभन्दा धेरै बजेट विनियोजन भएको बताउनुभयो । न्यौपानेले बन्दिपुरलाई पर्यटन कृषिको माध्यमबाट समृद्ध बनाउन सकिने भन्दै त्यसको लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो। कार्यक्रम बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले समृद्ध बन्दिपुर निर्माणकोलागि ‘पर्यटन, कृषि, शिक्षा र पुर्वाधार समृद्ध बन्दिपुर निर्माणको मुल आधार’ भन्ने मुख्य नारा तय गरिएको बताउनुभयो । विशेष गरि पर्यटन र कृषिको माध्यमबाट बन्दिपुरलाई समृद्ध गराउन सकिने अध्यक्ष थापाको भनाई थियो । बन्दिपुरका ६ वटै वडामा पर्यटकीय स्थलहरुको दिगो विकासको लागि बन्दिपुर गाउँपालिकालाई नै पर्यटकीय केन्द्रको रुपमा विकास गरिने अध्यक्ष थापाले बताउनुभयो । बन्दिपुरको पर्यटनलाई थप उचाईमा पु¥याउन देशका प्रमुख शहरहरुमा घुम्न जाउँ है बन्दिपुर अभियान सन्चालन गरिने थापाले बताउनुभयो । सो कार्यक्रममा उपाध्यक्ष पन्चमाया गुरुङले स्वागत मन्तव्य राख्दै गाउँसभाले स्विकृत गरेको नीति कार्यक्रम र बजेटको कार्यान्वयनमा जोड दिनु पर्ने बताउनुभएको थियो । सो कार्यक्रममा विभिन्न जातजातीका सांस्कृतिक प्रस्तुतीहरु राखिएको थियो ।
