देशभरकाे विभिन्न ठाउँमा यति बेला तिव्र रूपमा डेंगु फैलिएको पाईएकाे छ । केही समय पहिला तनहुँमा पनि डेंगु संक्रमणाबाट हटस्पट बनेकाे थियाे ।तर अहिले भने कम भएकाे पाएकाे छ । डेंगु सङ्कमण कम गर्न अहिले नगर, वटा ,टाेल ,विद्यालयमा डेंगु प्रकोप विरूद्ध लामखुट्टेले फूल पार्ने ठाउँ खोजौँ र नष्ट गरौँ अभियान सुरु गरेकाे छ ।

त्यस्तै व्यास ४स्थित कन्काई ग्लोबल एकेडेमीले पनि बिहीबार उक्त सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।व्यास ४ सिमलटार आधारभूत स्वास्थ्य केन्द्रले समुदायले सञ्चालन गरेको डेंगु प्रकोप विरूद्ध लामखुट्टेले फूल पार्ने ठाउँ खोजौँ र नष्ट गरौँ (Search and Destroy) अभियान गरेकाे हाे ।

विद्यार्थीहरूमा डेंगु प्रकोपबाट बच्न आवश्यक सुरक्षा सतर्कता अपनाउनका लागि सचेतना कार्यक्रम गरिएकाे विद्यालयका प्रबन्ध निर्देशक मिलन गाेदारले जनाकारी दिनुभयाे ।उक्त कार्यक्रममा स्वास्थ्य केन्द्र प्रमुख उज्वल न्यौपानेले प्रस्तुतीकरण गर्नुभएकाे थियाे । विद्यालयले डेंगुबाट सतर्कता अपनाउन सम्पूर्ण अभिभावकलाई आग्रह समेत गरेकाे छ ।


