व्यास नगर साइनिङ्ग स्टारको दशौं संस्करण आगमी भदौ आठ गते हुने भएको छ । जेसीआई व्यास नगरको आयोजनामा व्यास नगर साइनिङ्ग स्टारको दशौं संस्करण भदौ आठ गते हुने भएको हो । व्यास नगर क्षेत्रका ९ देखि १५ वर्ष भित्रका बालबालिकाहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यका साथ कार्यक्रम हुँदै आएको संस्थाका अध्यक्ष नविन पुरीले जानकारी दिनुभयो । अडिसनको यही साउन ११ र १२ गते व्यास ४ स्थित कन्काई ग्लोबल एकेडमीमा आयोजना गरिएको छ । ११ गते दिउँसो १ देखि ५ बजेसम्म र १२ गते बिहान १० देखि ४ बजेसम्म अडिसनको समय तोकिएको पुरीले बताउनुभयो । अडिसनबाट छनोट भएका २० जना बालबालिकाहरुलाई एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरि अन्तिम प्रतिस्पर्धा ९फिनाले० गरिने क्लवका पुर्व अध्यक्ष माधव न्यौपानेले जनाकारी दिनुभयो । न्यौपानेका अनुसार एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा ४ जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ्ग स्टार घोषणा गरिने छ । व्यास नगर साइनिङ स्टार २०२४ को उपाधि जित्नेलाई नगद रू २५ हजार २४ रुपयाँ ट्रफी प्रमाणपत्र ,फर्स्ट रनरअपले १५ हजार २४ रुपयाँ र सेकेण्ड रनरअपले १० हजार २४ रुपयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका पूर्व अध्यक्ष कृष्ण सुनारले जानकारी दिनुभयो ।जेसीआई व्यास नगरले सन् २०१३ देखि निरन्तर व्यास नगर साइनिङ स्टार प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।