शनिबार दिउँसो ब्यास नगरपालिका स्थित मादी नदीमा नुहाउने क्रममा डुबेर एक पुरुषको मृत्यु भएकको छ । मुत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० का ६० वर्षीय झिलकबहादुर पौडेल रहेको प्रहरीले जनाएको छ । पौडेललाई नदीले बगाएर एक किलोमिटर तल पाटनमा पुर्याएको थियो । स्थानिय मानिसहरुले देखे प्रचात तत्काल उद्दार गरी उपचारको लागी दमौली अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् । पौडेलको उपचारको क्रम मुत्यु भएको र घटनाको थप अनुसन्धन भईरहेको खड्काले बताए ।