रोट्र्याक्ट क्लब अफ दमाैली ,राेटरी क्लब दमाैली र इनरह्विल क्लब अफ दमाैलीकाे संयुक्त आयाेजनामा मेहेन्दी आज मेला सम्पन्न गरेकाे छ । मेला बेलुका ५ बजे ८ सम्म अन्सन चाैतारीमा भएकाे थियाे ।साे कार्यक्रममा बाेल्दै व्यास नगरपालिका उप प्रमुख ईन्दिरा दरैले साउने संक्रान्ति मनाउने सामाजिक परम्परालाई निरन्तरता दिनु पर्ने बताउनुभएको थियाे ।

रोटरी क्लब अफ दमौलीका आगामी अध्यक्ष बिणा कैनी, इनरव्हील क्लब अफ दमौलीकी अध्यक्ष नारायणी मल्ल ,इनरव्हील क्लब अफ दमौलीकी पुर्व अध्यक्ष निर्मला मल्लले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

मेला रोट्रयाक्ट क्लव अफ दमौलीका अध्यक्ष रवि अधिकारीको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।उक्त मेलामा महिला तथा बालिकाहरुले हर्षोल्लासका साथ मेहेन्दी लगाएका थिए ।