रोहित शर्माको भारतीय टोलीले दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकपको उपाधि जितेको छ ।सन् २०१३ को च्याम्पियन्स ट्रफीपछि भारतले बार्बाडोसमा भएको फाइनलमा सात रनको रोमाञ्चक जित निकाल्दै शनिबार रातिको खेलमा उपाधि जितेको हो ।जीतपछि भारतको नीलो जर्सी लगाएका समर्थक खुशीको आँसु झार्दै फाइनल खेल भएको खेलमैदानमा नाचेका दृष्य मनमोहक देखिन्थे ।भारतले पछिल्लो पटक सन् २०११ मा घरेलु मैदानमा महेन्द्र सिंह (एमएस) धोनीको कप्तानीमा विश्वकप जितेको थियो । धोनीले सन् २००७ मा पहिलो संस्करणमा टिमलाई टी–२० विश्वकपको ट्रफी दिलाउनुभएको थियो ।

स्टार ब्याट्सम्यान विराट कोहलीले ५९ बलमा ७६ रन गर्दै भारतलाई ७ विकेटको क्षतिमा १७६ रनमा समेटेका थिए ।बेल्जियमबाट दिल्ली भ्रमणमा रहेका ३४ वर्षीय सफ्टवेयर व्यवसायी अभिषेक भगतले एएफपीसँग भन्नुभयो, “यो विश्वबाहिरको अनुभूति हो ।” “मैले सन् २००७ मा बाल्यकालमा यो अनुभव गरेको थिएँ । त्यसपछि सन् २०११ मा र अहिले फेरि सन् २०२४ मा पनि भारतले जितेको छ । यो लामो प्रतिक्षापछिको जीत हो ।”शनिबारको खेलमा आफ्नो म्यान अफ द म्याच उपाधि जितेका ३५ वर्षीय कोहलीले भाषणमा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा गर्नुभएको छ । कप्तान रोहितले पनि कोहलीको घोषणालगत्तै भारतका लागि टी–२० म्याचबाट सन्यास लिने घोषणा गर्नुभएको छ ।

पहिलो पटक विश्वकपको फाइनल खेलेको दक्षिण अफ्रिकालाई अन्तिम पाँच ओभरमा ३० रन चाहिएको अवस्थामा लक्ष्य भेट्टाउन तयार देखिए पनि भारतीय बलरले उपाधिका लागि खेललाई आफ्नो पकडमा राख्न सफल भएका थिए ।गुयानामा भएको सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई पराजित गरेको थियो ।रोहित सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करणमा भारतका लागि खेल्नुभएको थियो भने कोहलीले सन् २०११ मा धोनीको कप्तानीमा एकदिवसीय विश्वकप उपाधि भारतले जितेको थियो ।त्यसको दुई वर्षपछि धोनीको टिमले ५० ओभरको च्याम्पियन्स ट्रफीको फाइनलमा आयोजक इङ्ग्ल्यान्डलाई हराएको थियो तर प्रशंसकले अर्को ठूलो उपाधिका लागि ११ वर्ष कुर्नुपरेको थियो ।भारत सन् २०१९ को एकदिवसीय विश्वकप र सन् २०२२ को टी–२० विश्वकपको सेमिफाइनलमा पराजित भएको थियो