अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक तनहुँले छ महिनाको अवधिमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाको तथ्याङ्क सर्वजानिक गरेको छ । बुधबार दमौलीमा तनहुँ जिल्ला मानवअधिकारको अवस्थाबारे अन्तरक्रिया कार्यक्रमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाको तथ्याङ्क सर्वजानिक गरिएको हो । मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना २०२४ जनवरी देखि जुन सम्मको तथ्याङ्कअनुसार जम्मा ३८ वटा रहेको इन्सेक जिल्ला प्रतिनिधि तनहुँका प्रकाशचन्द भट्टराईले जनाकारी दिनुभयो । जसमध्ये हत्या तीन वटा, बलात्कार र बलात्कार प्रयासरयौन र्दुव्यवहार दस वटा जसमा आँठ जना बालिका रहेका छन् । त्यस्तै कुटपिट तीन वटा ,घरेलु हिंसा उन्नाइस वटा,मानव बेचविखन एक जना बालिका ,बहुविवहा एक वटा ,बाल विवाह एक वटा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । सो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले इन्सेकले गर्दै आएको मानव अधिकार उल्लंघनका घटनाहरू कम गर्न आफ्नो निकाय जिम्मेवार रहेको बताउनुभयो ।

कार्यक्रमा जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख अपिलराज बोहोराले मानव अधिकार सम्बन्धी घटनालाई प्रहरी कार्यलयले पहिले प्रथामिकतामा राखेको बताउनुभयो ।राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व बास्तोलाले मानव अधिकारकर्मीलाई राज्यले मानव अधिकार सम्बन्धि प्रशिक्षण अवश्यक रहेको बताउनु भयो । नेकपा एमाले तनहुँका उपाध्यक्ष राजेश्वर ढकालले खाद्यवस्तुहरु मानव स्वाथ्यमा प्रत्यक्ष असर पर्नेभएकाले स्थानीय तहहरुले खाद्यवस्तुहरुको अनुगमनलाई चार्डपर्व मात्र नभई अरु बेलामा पनि तिव्रता रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमा महिला रक्षा संञ्जाल तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले मानव अधिकार सम्बन्धी घटना भएमा सबै संघ संस्थाले सहयोग गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ,राजनितिक दलका प्रतिनिधि ,पत्रकार लगाएतको उपस्थित रहेको थियो ।