नेपाल मुस्लिम इत्तेहाद संगठनकी सचिवालय सदस्य मुन्नी खातुन नेपाल हज कमिटी सदस्यको रुपमा नियुक्त हुनुभएको छ । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको मिति २०८१ बैशाख २३ गतेको निर्णयले उक्त पदमा चयन गरेको हो । दुई बर्ष कार्यकाल रहने गरी नेपाल हज समितिको सदस्य पदमा कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको गृह मन्त्रालयका उपसचिव कुलबहादुर जिसीले जानकारी दिनुभयो ।खातुन महिला मानव अधिकार रक्षक संजाल तनहुँको सदस्य समेत हुनुहुन्छ ।