महिला उद्यमी संघ नेपाल, तनहुँद्धारा आयोजित माईन्युट लेखन, प्रस्तावना पत्र र प्रतिवेदन लेखन तालिम आजबाट दमौलीमा सुरु भएको छ । व्यास नगरपालिका वडा नं २को आर्थिक सहयोगमा तालिम आयोजना गरिएको हो । तालिमको उद्धघाटन गर्दै व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठले महिलाहरु माईन्युट लेखन, प्रस्तावना पत्र र प्रतिवेदन लेखनमा पछि परेकाले यस तलिमले महिलाहरुलाई महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । महिला उद्यमी संघ नेपाल, तनहुँकी अध्यक्ष निर्मला मल्लले संघले हरेक कार्यक्रम,तालिम, मेला गर्दा थप सिक्ने अवसर मिलेको बताउनुभयो ।

कार्यक्रमा तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति निवर्तमान सभापति सकुन्तला आलेले महिलहरुलाई संघले तलिमको व्यवास्था गर्दा महिलाहरु एक जुट भएर तलिम लिनुपर्ने बताउनुभयो । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष दिनेश कुमार श्रेष्ठले महिला उद्यमी संघ नेपाल, तनहुँले छोटो समयमा सराणीय कार्य गरेको बताउनुभयो ।

दुई दिन सम्म संञ्चालन हुने तलिममा यान सियो नेर्टोकका अध्यक्ष प्रताप सिंह गुरुङ्गले प्रशिक्षक गर्नुहुनेछ । कार्यक्रमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति सुक नारायण मल्ल , वडा नं २ का वडा सदस्य सुरेश वाग्ले , मादी सेती बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शुसिला शर्मा , वडाका प्रतिनिधि लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।