तनहुँकाे व्यास नगरपालिका ५ चापटारमा श्रीमानले श्रीमतिको हत्या गरेका छन्। ४० बर्षीय जीतबहादुर कुमालले दाउ प्रहार गरी ३६ बर्षकी सुनमायाको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनले धारिलो हतियार दाउ प्रयोग गरी श्रीमतिको हत्या गरेका हुन् । हत्यामा संलग्न श्रीमान् जीतबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको तनहुँका एसपी अपिलराज बाेहराले जानकारी दिए । घरायसी झै–झगडाका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,उनले भने,‘थप अनुसन्धानबाट खुल्दै जानेछ ।’ मृतक सुनमायाको शव पोष्टमार्टमका लागि दमौली अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।