युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसद्धारा आयोजित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन भएको छ । सर्कलका अध्यक्ष सुमन खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला सम्मन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले रहनुभएको थियो ।

सो कार्यक्रममा बोल्दै वाग्लेले यस्तो तालिम हरेक विद्यालय र क्याम्पसमा हुनुपर्ने बताउनुभयो । उक्त कार्यक्रम नेरेसो जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको थियो ।कार्यक्रमा संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेरेसो तनहुँ शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विद्यार्थीहरुले तलिम लिसकेपछि व्यवहारमा उतानुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको प्रशिक्षक नवराज भण्डारीले गर्नुभएको थियो भने तालिममा ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।उक्त कार्यक्रमासहायक क्याम्पस प्रमुख सागर पौडेल, जुनियर युवा समितिका संयोजक बिमल गिरी , नेरेसो तनहुँ सदस्य सुमन थापा, स्ववियु सचिव अनुप आले मगर लगाएत विद्यार्थी तथा अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो ।
