असोज ११ तनहुँ | सोमबार टिम नेपो तनहुँले विजयादशमी, शुभदिपावली , नेपाल संबत तथा छठ पर्वको पावन अवसरमा पत्रकारहरु संग शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उतm कार्यक्रमा प्रमूख अतिथि नेपाल प्रत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले टिम नेपो तनहुँले संस्था स्थापना काल देखि नै विभिन्न कामहरू कारागारमा पुस्तकालय, विभिन्न बिद्यालयमा शैक्षिक सामाग्री वितरण, निशुल्क स्वास्थ्य शिविर, सरसफाइ आदि गदै आएको बताउनुभयो । उहाँले भोलिका दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिई रहन आग्रह गदै आउदै गरेको बिजय दशमी, दिपावाली लगायका विभिन्न चार्ड पर्वहरूको शुभकामना दिनुभयो।

nepo team tanahun

टिम नेपो २०२२÷२३ का अध्याक्ष रबि अधिकारीले बिगतका वर्षमा गदै आइरहेको कार्यक्रमहरूको जानकारी दिदै टिम नेपो तनहुँले गदै आएको कार्यहरू पत्र पत्रिका रेडियो टेलिभिजनको मार्फतबाट समाजमा टिम नेपो तनहुँलाई चिनाउन सहयोग गर्नुभएकोमा पत्रकारहरू प्रति आभार प्रकट गर्नुभयो । सोहि कार्यक्रममा पत्रकारहरुलाई समान्न गर्दै आगामी दिनहरुमा गरेका कार्यक्ररूमा अझ बढि सहयोगको आशा रहेको बताउदै बिजय दशमी, तिहार लगाएतका चार्ड पर्वको शुभकामना दिनु भयो। उक्त कार्यक्रकमको संचालन सोही संस्थाको सचिब रमेस नेपालीले गर्नुभएको थियो । संस्था २०७६ सालमा स्थापित भएको थियो।