तनहुँको दमौलीमा पहिलो पटक तिन दिवसीय महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला आजबाट सुरु भएको छ । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जिल्लास्थित महिला उद्यमी सङ्घ नेपालले आजदेखि २७ गतेसम्म व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला गर्न लागेको हो । मेलाको उद्धघाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने उद्देश्यसहित मेला गरेको समाजमा उदारणय कार्य गरेको बताउनुभयो । व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले विभिन्न वडामा महिला उद्यमी तयार पारेको भन्दै तिनै उद्यमीलाई प्रोत्साहन गर्न मेलाले सहयोग पुग्ने बताउनुभयो । महिला उद्यमीले उत्पादन गरेका सामग्री बजारीकरणमा मेलाले सहयोग पु¥याउने संघको अध्यक्ष निर्मला मल्लले जनाकारी दिनुभयो ।

मल्लले मेलालाई सफल पर्ने आपनो तहबाट सहयोग गर्ने अग्रह समेत गर्नुभयो । मेलामा स्थानीय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारको प्रस्तुति, महिलाको आर्थिक, सामाजिक र कानुनी हक स्थापित गर्न चेतनामूलक कार्यक्रम, वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम गरिने सङ्घकी सचिव सरु श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त मेलाका मुख्य आकर्षणमा हस्तकला , घरेलु होजियारी , कृषि प्रदर्शनी , विभिन्न जातजातिको झाँकि , बित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम ,घरेलुु तथा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरू द्वारा विविध सांस्कृतिक प्रस्तुति, महिलाहरूको आर्थिक , सामाजिक र कानुनी हक स्थापित गर्न चेतनामूलक कार्यक्रम , घरेलु खाना तथा अर्गानिक खानाका परिकारहरूको प्रदर्शनी रहने संस्थाकि महासचिव सरू श्रेष्ठले जनाकारी दिनुभयो ।मेलामा ४० देखि ५०हजार दर्शकले अवलोकन गर्ने छन् भने ८लाख खर्च हुने अनुमान गरिएको संस्थाले जनाएको छ । मेलामा ५० वटा स्टल रहने ।
