दुबै मृगौला फेल भएका बिरामी कृष्णबहादुर बि कलाई टिम नेपो तनहँुले आर्थिक सहयोग गरेको छ । लामो समय देखि बिरामी भएर घरमै थलिएका तनहुँको जिल्ला बन्दिपुर गाँउपालिका १ सिमलस्वाराका बिकलाई क्लवकी अध्यक्ष पवित्र भुजेलले बुधबार तनहुँ तरङ्गको कार्यलयमा आएर कार्यलयका प्रधान सम्पादक सुरेश सेन्चुरीलाई नगद रु दश हजार रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै भुजेलले थोरै थोरै रमक मिलेर धेरै बन्न सक्छ र उपचार खर्च जुट्यो भने बिरामीले नयाँ जिवन पाउन सक्छ भन्ने विश्वासले क्लबले केही रकम सहयोग गरेको बताउनुभयो ।

सोहि क्रममा बोल्दै मिडियाका सम्पादक सुरश सेन्चुरीले संकलीत रकम छिटै पिडितका परिवारलाई बुझाउने बताउनुभयो । उहाले पिडितहरुको दुखमा साथ दिने टिम नेपो परिवारलाई पिडित र संस्थाको तर्फवाट धन्यवाद समेत दिनुभएको थियो ।

उक्त कार्यक्रमा पुर्व अध्यक्ष गोविन्द तिमिल्सेना, सदस्य संयोजक उमेश पौडेल, क्लव की सचिव पर्ष सारु , सदस्य सागर कुमार लागएतको उपस्थित रहेको थिया । क्लवले यस्ता समाजिक कार्य स्थापना कालदेखी गर्दै आएको छ ।