विद्यालयमा रुदै गिदाउने सुर्खेतकी बालिका प्रिती वि।कको गिदाउने सपना तनहुँका गायक आर सि विश्वकर्माले पुरा गरिदिएका छन । सुर्खेतको जनजागृत आ।वि दुलालथाईमा कक्षा ३ मा अध्ययनरत बालिका विद्यालयमा फाटेको सुइटर लगाई हातमा मायक लिएर आँखाबाट आँसु झारी बाबालाई सम्झिदै भकानियर गिदाएको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो । तेसलगतै पत्रकार भोजराज थापाले प्रितीकै घरमा पुगि लिएको अनर्वतामा गित गाउने चाहाना भएको र भबिश्यमा गायिका बन्ने रहर भएको बताएकी थिईन ।

उक्त खबरले तनहुँका लोक गायक आर सि विश्वकर्मालाई प्रितीको सपना पुरा गरिदिने चाहाना जागेर आयो । नगद रु ५ हजार लत्ता कपडा सहित राजधानि पुगेका आर सि अन्तत प्रितीको गित गाउने सपना पुरा गरेरै छाडे ।

दिबंगत भएका प्रितीको बुबा दिपक विकको समझनामा मेरो बाबा नामक गित आज साझ ६ वजे सार्वजानिक गरिएको छ । तनहुँका लोक गायक आर सि विश्वकर्मा र सुर्खेतकी प्रिती विकको स्वरमा सजिएको उक्त गितमा आफ्नो स्वर्गीय बुबालाई दुखको गुनासो सुनाएकी छिन् । गितमा लय र शब्द आर सी विश्वकर्माकै रहेको छभने छाँयाकन सम्पादन रबिन वि क र निर्देशक सोभित बि क रहेका छन् ।
गित हेर्न लिङ्क थिच्नुहोस…