मानसिक शान्ति एंव खुशीयाली जीवनका लागि राजयाेग प्रशिक्षण कार्यक्रम दमाैलीमा आजबाट सुरु भएकाे छ ।अनसन चाैतारीकाे खुला मैदानमा बह्ममाकुमारी ईश्वरीय विश्व विद्यालय दमाैलीद्वारा आयाेजित प्रशिक्षण कार्यक्रम आजबाट सुरू भएकाे हाे । उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठले अहिलेको मानिसमा मनासिक राेगले विभिन्न किसिमकाे राेग निम्तिएकाेले याे प्रशिक्षण निकै महत्त्वपूर्ण रहेकाे बताउनुभएकाे थियाे ।

कार्यक्रममा बह्माकुमारी ईश्वरीय विश्व विद्यालय दमाैली प्रमुख बह्ममाकुमारी यमुनाले याे प्रशिक्षणले तनाव व्यवस्थापन एंव सकारात्मक साेचकाे विकाश गर्ने भएकाले सम्पुर्णलाई प्रशिक्षण लिन आग्रह गर्नुभएको थियाे । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित वरिष्ठ राजयाेग प्रशिक्षक बह्माकुमार राजु घलेले गर्नुहुनेछ।

प्रशिक्षण कार्यक्रम तीन सत्रमा हुनेछ । पहिलाे सत्र बिहान ४:४५ बजे देखि ६:३०बजेसम्म दक्ष प्रशिक्षकद्वारा शारीरिक याेग तथा प्राणायम अभ्यास (पतंजली याेग समिति तनहुँले गर्ने। )बिहान ८बजे देखि १० बजे सम्म क्याम्पस विद्यार्थीका लागि स्व सशतिकरणा एंव सकारात्मक चिन्तनकाे कला विषयक प्रशिक्षणा गर्ने । दासाे सत्र बिहान ११बजे देखि १बजे सम्म नगरबासी सबैकाे लागि मानसिक शान्ति एंव खुशियाली जीवनका लागि राजयाेग मेडिटेशन विषयक प्रशिक्षण गर्ने ।तेस्रो सत्र बेलुका ५ बजे देखि ७ बजेसम्म विशेष गरि विभिन्न सरकारी ,गैरसरकारी तथा वितिय संघसंस्थामा कार्यरत कर्मचारीहरू तथा व्यापारीहरूका लागि तनाव व्यवस्थापन एंव सकारात्मक जीवनशैली विषयक प्रशिक्षणा गरिने बह्माकुमारी ईश्वरीय विश्व विद्यालय दमाैलीका सचिव सुशील श्रेष्ठले बताउनुभयाे । पाँच दिन सम्म संचालन हुने प्रशिक्षणा कार्यक्रममा २०देखि ३०हजार जनाकाे सहभागी गराउने लक्ष्य रहेकाे बह्माकुमारी ईश्वरीय विश्व विद्यालय बन्दिपुरका प्रमुख बह्माकुमार चन्द कुमार श्रेष्ठले जनाकारी दिनुभयाे ।

पछिल्लो समय ज्ञान,याेगका कुरा भन्दा आधुनिकतामा बढि विश्वास गर्दा हाम्रो मानासिक स्वास्थ्यमा विभिन्न समस्यहरू देख्न गरेकाले याेग , ध्यान सधानाले मान्छेलाई मानसिक शान्ति खुसी दिलाउछ भन्ने उदेश्यले कार्यक्रम आयाेजना गरेकाे श्रेष्ठले बताउनुभयाे । उक्त प्रशिक्षणा कार्यक्रम १३गते सम्म संन्चालन हुनेछ।

