हैरान्स क्लब दमाैलीद्वारा आयाेजित अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियाेगिता आजबाट सुरू भएकाे छ । उक्त प्रतियोगिताकाे व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने उदघाटन गर्नुभएकाे थियाे । साे समारोहमा बाेल्दै न्याैपानेले नगरपालिकाले सबै खेललाई प्रथामिकतामा राखेको बताउनुभयाे ।

प्रतियोगितामा छात्र तर्फ आठ र छात्रा तर्फ चार विद्यालयको सहभागिता रहेको क्लबका अध्यक्ष रविन पाैडेलले जनाकारी दिनुभयाे ।प्रतियाेगितामा छात्र तर्फ प्रथम १० हजार ट्रफि मेडल र प्रमाणपत्र ,द्वितीयले ५हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार रहेकाे छ भने छात्रा तर्फ प्रथम ६ हजार ट्रफी मेडल र प्रमाणपत्र, द्वितीयले ४हजार ट्रफी मेडल र प्रमाणपत्र रहेकाे सचिव अशाेक गिरीले जनाकारी दिनुभयाे ।स्थानीय खेलाडीबाट राष्ट्रिय खेलाडीहरू उत्पादनमा गर्ने उदेश्यले प्रतियाेगिता आयाेजना गरेकाे गिरिले बताउनुभयाे ।प्रतियाेगिताकाे लागि खर्च ३लाखकाे खर्च हुने अनुमान गरेकाे क्लवले जनाएकाे छ ।

प्रतियाेगितामा गण्डकी प्रदेश कराते संघका अध्यक्ष मणिराज थापा ,वस्केटबल तनहुँका अध्यक्ष भुवन गाेशली ,नेपाल किकेट संघ तनहुँका अध्यक्ष मदन तिमिल्सिना ,जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे , व्यास ३ का अध्यक्ष अनुप राना , व्यास २का वडा सदस्य सुरेश वाग्ले लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूकाे उपस्थित रहेकाे थियाे ।
