आदिकवि भानुभक्त क्याम्पस एवं छाव्दी बाराही विकास कोषद्धारा आयोजित आदिकवि –छाब्दी बाराही मिनि म्याराथन २०८० को उपाधि साजन थापाले हात पारेका छन् । मंगलवार भएको मिनि म्याराथनमा ६ किलोमिटर दुरी २१ मिनेट ५५ सेकेण्डमा पार गर्दै थापा प्रथम बनेका हुन् । प्रतियोगितामा अमृत विक द्वितीय र नरबहादुर गुरुङ तृतीय भएका छन । प्रतियोगितामा द्धितीय विकले निर्धारित दुरी २२ मिनेट ३५ सेकेण्डमा पार गरे भने तृतीय गुरुङले २४ मिनेट ६ सेकेण्डमा पार गरेको थिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । म्याराथन प्रतियोगितामा २६ शैक्षिक संस्थाका छात्र र छात्रा गरी २ सय जना धावक सहभागीता रहेको थियो ।