व्यास ३ स्थित गोरखकाली आवासीय माविकाे ”फुड फेस्टिबल २०८०″ सम्पन्न गरेकाे छ । हरेक वर्ष जस्तै विद्यालयमा यस वर्ष पनि कार्यक्रमको आयाेजन गरिएकोे हो ।

कार्यक्रममा कक्षा २ बाट कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुराका परिकारहरू बनाएका थिए।किताबी ज्ञानमा मात्र सिमित नभई प्रयाेगात्मक क्रियाकलाप पनि महत्त्वपूर्ण रहेकाले यस्तो फेस्टिवलले विद्यार्थीहरुकाे थप हाैसला बढ्ने भएकाले कार्यक्रम गदै आएकाे विद्यालयका प्रधानाध्यापक बिना कैनीले बताउनुभयो । फेस्टिवलबाट उत्कृष्ट परिकार बनाउने कक्षालाई पुरस्कार समेत प्रदान गर्नेले उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले आफुले बनाएका परिकारहरु स्टलमा राखेर अभिभावकहरुलाई किन्न उत्प्रेरित गरेका थिए ।उक्त कार्यक्रममा विद्यार्थीहरुले मम, चाउमिन, चटपट, पानीपुरी,पकौडा, केक, सेलरोटी मासु चिउरा, चिया, कफी, समोसा, फुड सलाद लगायत विभिन्न परिकार बनाएका थिए भने कक्षा १० का विद्यार्थीले सामान्य स्वास्थ्य जाँच समेत गरेका थिए ।विद्यालयले हरेक हप्ता यस्ता विभिन्न क्रियाकलाप गर्ने गरेकाे छ ।



