तनहुँको भिमाद नगरपालिका वडा नं ३ सुनाकोट बराथुम्की स्थित डेढगाउमा जिप दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । आज बिहान पोखराबाट रामपुर पाल्पा तर्फ जादै गरेको ग १ ज ६३५६ नं को जिप सडक देखी १५० मिटर तल खोलामा खस्न गई दुर्घटना हुदाँ जिप चालक सहित जिपमा सवार १२ जना यात्रुहरु घाइते भएको प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । उनिहरु मध्य रुम बहादुर बि क र जेमलाल दरैको उपचारको क्रममा जि पि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा मृत्यु भएको खाँणले बताउनुभयो । घाइतेमध्य ४ जनको जि।पि।कोईराला राण्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा र ६ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।