भानुमा भानु जागरण सञ्जाल समिति गठन भएकाे छ । भानुमा भएकाे बिकृती बिसंगति तथा राजनीतिक अस्थिरताकाे कारण भएकाे असरलाई युवाहरु ससक्त भएर ध्यानाकर्षण गराउने, भानुभक्तको प्रचार प्रसार, उनले लगाएकाे बिर्खे टोपी, भानु र घाँसीको सम्वन्धवार्य बिश्वाभर प्रचारप्रसार गर्ने उदेश्यले उक्त संस्था गठन गरेकाे प्रवासी भानु युवा जागरण समुह कतारका संयोजक रेशम तामाङले जानकारी दिनुभयाे ।
विभिन्न राजनैतिक दलबाट युवाहरुकाे सामुहिक भेलामा उक्त समिति गठन गरेकाे उहाँले बताउनुभयाे । उक्त भेलाले दिनेश बिष्टलाई अध्यक्षमा चयन गरेकाे छ । तेस्तै उपाध्यक्षमा परसुराम जाेशी , सचिबमा प्रविण ढकाल, काेषाध्यक्षमा अाशाेल मास्कि र सदस्यमा हिरा तामाङ , नीर घले, नवराज जाेशी, भक्त बा कुवार, अमृत कुमार श्रेष्ठ , रामशरणकेसी र मिलन तामाङ चयन भएका छन ।