व्यास १२ काे सामुदायिक वन समितिले १ सय ५९ घरधुरीलाई ग्यास चुलाे बितरण गरेकाे छ । तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं १२ काे चिसापानी सामुदायिक बन समितिले साेहि वडामा रहेकाे १ सय ५९ घरधुरिलाई ग्यास चुलाे सेट बितरण गरेकाे हाे । 

व्यास १२ काे साबिक वडा नं २ र ७ लाई ग्यास- चुलाेसेट बितरणा गरेकाे चिसापानी सामुदायिक बनका अध्यक्ष सेसराज पन्थले जानकारी दिए । सोहि ठाउँमा रहेकाे करिब ११ घरधुरीलाई नामवाली संकलनकाे क्रममा भएकाे त्रुटिका कारण दिन बाँकी रहेकाे पन्थले बताए ।