तनहुँको म्याग्दे गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । मंसिर २१ , २२ र २३ गते गरि ३ दिन गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । प्रतियोगिता म्याग्दे २ स्थित राधा माध्यमिक विद्यालयको खेलमैदान दमसेरामा २१ गते बिहान ८ बजे उद्घाटन पश्चात् सुरु हुने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी बताउनुभयो । प्रतियोगितामा भलिवल ,कवड्डी, एथलेटिक्स , दौड , कराँते , हाइजम्प , लङजम्प , त्रिपलजम्प लगायतका छात्र तथा छात्रका छुट्टाछुट्टै प्रतियोगिता हुने अधिकारीले जनाकारी दिनुभयो ।