तनहुँको व्यास नगरपालिका वडा नं ११ सेरामा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुईजना सवार मध्य अर्का एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा व्यास-११ का २३ वर्षीय विक्रम सुनार र घाईते हुने मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

घाईते सुनारकाे उनको दमौली अस्पतालमा प्रथामिक उपचार गरि थप उपचारकाे लागि गण्डकी अस्पताल पाेखरामा लगी उपचार भईरहेकाे बताईएकाे छ । ग १५ प ६५०४ नम्बरको मोटरसाइकललाई ग १ क २६८३ नम्बरको माया युनिभर्स स्कुल बसले ठक्कर दिदाँ उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । बस तिब्र गतिका कारण अनियान्त्रत भई उक्त घटना हुन पुगेकाे स्थानियले बताएका छन् ।