रोटर्याक्ट क्लब अफ दमौली एवंम जोन १५ को संयुक्त आयोजनामा शनिवार दमौलीमा १० औं सचिन स्मृति रक्तदान कार्यक्रम सम्पन भएको छ । कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले युवाहरुलाई सङगठिक गरि रोट्र्याक्ट क्लबले सामाजिक कार्यमा अग्रसर गराउदा समाजमा सकरात्मक गतिविधि हुने गरेको बताउनुभयो । न्यौपानेले सामाजिक कार्य गर्नको लागि युवाहरु योजना सहित सशक्त रुपमा लाग्नु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष मनोज राउतले स्थाका स्व सचिनको नाँउमा प्रत्येक वर्ष देशैभर रक्तदान कार्यक्रम आयोजना गदैंं आएको यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । क्लवका अध्यक्ष अनुज बिमलीले सचिनको नाँउमा वर्ष पिच्छे बृह्त रक्तदान कार्यक्रम , खुल्ला म्याराथन दौड र आदिकवि भानुभक्त क्याम्पसमा स्नाकतहमा अध्ययन गर्नेहरुको लागि पनि छात्रावृत्तिको व्यवस्था पनि गराईएको बताउनुभयो । रक्तदान कार्यक्रममा २५ पिन्ट रगत सकलन भएको क्लवका सचिव उमेश पाैडेलले बताउनुभयो । सन् २००३ मा रोटरीको कन्फेरेन्समा सहभागी हुन कोलकाता जाने क्रममा वीरगञ्जमा सडक दुर्घटनामा रोट्रयाक क्लब अफ दमौलीका संस्थापक सह–सहिव रो सचिन कुमार श्रेष्ठको निधन भएको थियो ।उक्त कार्यक्रममा व्यास २ का वड़ाअध्यक्ष काशीराम श्रेष्ठ, व्यास ३ का वड़ाअध्यक्ष अनुप राना, पोखरा –मुग्लिन सड्क खण्डका व्यवस्थापक सुबास घिमिरे ,नेपाल रेडक्रस सोसाइटी तनहूँ जिल्ला शाखाका मन्त्री सूर्यचन्द्र हड़खलेले लगायतको उपस्थित रहेको थियो ।