तनहुँको आँबुखैरेनी–२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको छ । माथिबाट पहिराे खस्दा अवरुद्ध भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । राजमार्ग सञ्चालनमा आएको छ । माथिबाट पहिराे खस्दा अवरुद्ध भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिन पुगेको थियो । मुग्लिन, आँबुखैरेनी हुदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्ध नै रहेको प्रहरीले जनाएको छ । त्यसैगरी सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्ध नै रहेको छ । माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनले भने, “अब केही समयभित्र सडक चलाउने गरी काम भइरहेको छ ।”