तनहुँ जिल्ला अदालतबाट कैद रजरीवाना परेका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ६ बस्ने २६वर्षका सुजन तामाङ र वडा नं ८ बस्ने ३२ वर्षका आईते तामाङ रहेको प्रहरीले जनाएको छ ।

तनहुँ जिल्ला अदालतको मिति २०७८असोज ९ गतेको उनीहरुलाई ४ बर्ष कैद र चार लाख जरिवाना फैसलाले सुनाएको थियो । निजलाई घर वतनबाट विहिबार पक्राउ गरिएको जिल्ला प्रहारी कार्यलय तनहँुले जनाएको छ । पक्राउ परेका दुई व्यक्तिलाई शुक्रबार अदालतमा उपस्थित गरिने छ ।