Listen
advertise with tanahun taranga news
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

तनहुँमा ३२ हजार बालबालिकालाई मोडर्ना खोप लगाइयो

सुरेश सुनार

१६ पुष २०७८, शुक्रबार

432
Share

तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो । दश पालिकाका ३२ हजार ८४४ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । तनहुँमा ३७ हजार बालबालिकालाई उक्त खोप लगाउने लक्ष्य रहेपनि लक्ष्यको ८९ प्रतिशतले मात्र खोप लगाएका छन् । खोप लगाउनेमध्ये १६ हजार ६६३ छात्रा र १६ हजार १८१ छात्र छन् । भानुमा चार हजार ७५७, व्यासमा आठ हजार ९१३, शुक्लागण्डकीमा पाँच हजार ६१९ र भिमाद नगरपालिकामा दुई हजार ८१२ बालबालिकाले खोप लगाएका हुन् । यसैगरी म्याग्देमा एक हजार ४६४, घिरिङमा एक हजार २५३, ऋषिङमा दुई हजार ७७, देवघाटमा एक हजार ५३४, बन्दीपुरमा एक हजार ८९० र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ५२५ बालबालिकाले खोप लगाएका जनाइएको छ । पूरा खोप पाउनेको सङ्ख्या एक लाख जिल्लामा एक लाख सात हजार ६३५ जनाले पूरा मात्रा खोप लगाएका छन् । पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक लाख ८३ हजार १९० रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । भानुका १३ हजार ५७, व्यासका २८ हजार ६५६, शुक्लागण्डकीका १५ हजार २१९ र भिमादका आठ हजार ९३१ ले पूरा मात्रा खोप लगाएका छन् । म्याग्देका छ हजार ८२, घिरिङका छ हजार तीन सय ७०, ऋषिङका पाँच हजार ३९६, देवघाटका छ हजार ५४३, बन्दीपुरका नौ हजार १८२ र आँबुखैरेनीका आठ हजार १९९ ले पूरा मात्रा खोप लगाएका छन् । पहिलो मात्रा लगाउने भानुमा २५ हजार ४५५, व्यासमा ४३ हजार ३२७, शुक्लागण्डकीमा ३५ हजार ३०३, भिमादमा १६ हजार ७६, म्याग्देमा १३ हजार १६८, घिरिङमा सात हजार ५१९, ऋषिङमा नौ हजार ४८०, देवघाटमा नौ हजार २७०, बन्दीपुरमा १० हजार ३९५ र आँबुखैरेनीमा १३ हजार १९७ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तनहुँमा बिहीबारसम्म कोभिड–१९ सक्रिय सङ्क्रमित छ जना मात्रै छन् । भानुमा एक, व्यासमा चार र बन्दीपुरमा एक जना कोरोना सङ्क्रमित छन् । शुक्लागण्डकी, भिमाद, म्याग्दे, घिरिङ, ऋषिङ, देवघाट र आँबुखैरेनी कोरोनामुक्त भएका छन् । विदेश जानेलाई खोप व्यास नगरपालिकाले विदेश जानेलाई खोपको व्यवस्था मिलाउने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेश जान लागेकालाई नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउन लागेको हो । राहदानीका आधारमा उनीहरुलाई जोन्सन खोप लगाइने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यास नगरपालिकाको कार्यालयमा पुस १६, १८ र १९ गते खोप लगाइने छ । यसैगरी हालसम्म एकपटक पनि खोप नलगाएका १८ वर्षमाथिका नागरिकलाई पनि खोप दिइने भएको छ । नगरपालिकाले विभिन्न चरणमा सर्वसाधारणलाई खोप लगाउँदै आएको छ । अहिले विद्यालयमै ११ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई मोडर्ना खोप लगाइएको छ । यसैगरी म्याग्दे गाउँपालिकाले पुस १६ गतेदेखि २० गतेसम्म यसअघिको अभियानमा खोप नलगाएका १८ वर्ष र सोभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीका अनुसार ती नागरिकलाई जोनसोन खोप लगाइनेछ । यस्तै भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिको अभियानमा दोस्रो मात्रा भेरोसेल खोप लिन छुट भएका नागरिकलाई दोस्रो मात्राको खोप लगाइने उहाँले जानकारी दिनुभयो । rss

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

पुल नहुँदा ‘मेची पारि’को विद्यालयमा पठनपाठन ठप्प

भाद्र शुक्ल द्वितीयाः तीजको व्रत बस्ने शक्तिका लागि दरको तयारी

बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल

 भिमादमा पशुवस्तुलाई पौष्टिक आहार खुवाउन साइलेज उद्योग स्थापना

ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

‘हाइड्रोजनमा आधारित मल कारखाना उपयुक्त’

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal