तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ कार्यालयको बिपद् व्यवस्थापन कोषमा एनएमबि बैंक डुम्रे शाखाले रु. दुई लाख सहयोग प्रदान गरेको छ। बैंकका शाखा प्रमुख संगम अधिकारी लगायतको समूह द्वारा वडाध्यक्ष शिव कुमार श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो।

पृथ्वीराजमार्ग अन्तर्गत उक्त वडा क्षेत्रमा घरहरु भत्किदाँ जुनसुकै समयमा पनि विपद् आउन सक्ने भएकाले विपद् कोषमा रकम जम्मा गर्न लागिएको वडा कार्यालयले जनाएको छ । घरधनीहरुले लिएको मुआब्जाको ०।५ प्रतिशत विपद् कोषमा रकम जम्मा गर्न भनेपछि जम्मा गर्ने कार्य भैरहेको हो। यस्तै बन्दीपुर गाउँपालिकाको वडा नं ४ लाई पनि उक्त बैंकले रु। एक लाख सहयोग गर्न लागेको बताइएको छ।