तनहुँ तरङ्ग सम्बाददाता
१३ पुष २०७८, मंगलवार
तनह्ँ । स्वतन्त्र पत्रकार संघ तनहूँको शुभकामना एवं प्रमाणपत्र वितरण कार्यक्रम बुधवार दमौलीमा सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा तनहूँको केही दिन अघि सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको मंगलबार दमौलीमा शुभकामना एवं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय बरिष्ठ उपाध्यक्ष केबी सम्राटले कार्यक्रमको उद्घाटन गर्दै पत्रकारले स्वतन्त्र भएर आफ्नो कलम चलाउनुपर्ने बताउनुभएको थियो । जनताको माझमा स्वतन्त्र र निष्पक्ष समाचार संम्प्रेषण गरी सुसोचित बनाउनु संञ्चारकर्मीको धर्म र दायित्व भएको उहाँले बताउनुभयो । स्वतन्त्र पत्रकार संघ कसैको मुखपत्र बनि स्वतन्त्र रुपमा समाचार संम्प्रेष्ण गर्छ भन्ने आभास जनतालाई दिने गरी काम गर्ने अभियानमा लागेको उहाँले सो अवसरमा बताउनुभयो । स्वतन्त्र पत्रकार संघलाई पत्रकार महासंघको हैसियतमा लैजानको लागि आवश्यक पहल कदमी अनुरुप हाल ३८ जिल्लामा शाखा गठन गरिसकिएको उहाले बताउनुभयो । संघका महासचिव अन्जनराज न्यौपानेले संञ्चारकर्मी आवाज बिहीनको आवाज भएकोले दुरदराजमा लुकेर रहेका बस्तुस्थितिलाई सार्वजनिक गर्दै सुसुचित
गर्नुपर्नेमा जोड दिनुभयो ।
संञ्चारकर्मीहरु राजनीतिक दलका निकट रहेर भन्दा पनि स्वतन्त्र रुपमा रहि सशक्त रुपमा कलम चलाउनुपर्नेमा उहाँले बतााउनुभयो । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ तनहूँका अध्यक्ष एस. बि. नेपालीले संख्यात्मक भन्दा पनि गुणस्तर पत्रकारिता अबको आवश्यकता रहेको औल्याउनुभयो । युवा समाजसेवी मिनबहादुर चदारोले संञ्चारकर्मीले कार्यक्रममा गर्ने अनावश्यक खर्चले दीनदुःखी गरीब र असहाय बालबालिकाको लागि टेवा पुराउन पहल गर्नुपर्नेमा जोड दिुभएको थियाो । संञ्चारकर्मी कसैको इशारामा चल्नुभन्दा पनि स्वतन्त्र भएर आफ्नो कलम चलाउनुपर्ने उहाँको भनाई रहेको थियो । जिल्ला शाखा तनहूँका अध्यक्ष सुरेश सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै पत्रकारलाई जनताले हेर्ने नजर , पत्रकारले गर्ने ब्यबहार र पत्रकारको धर्म के हो भन्ने बिषयलाई मनन गर्नुपर्ने बताउनुभयो । पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वातन्त्र नै हा पत्रकार भन्नू भन्ने नारालालाई सबैले मनन गर्न आग्रह समेत गर्नुभएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथि सम्राटले जिल्लाका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो साथै अतिथी सम्राटले स्वतन्त्र पत्रकार संघमा आवद्द संञ्चारकर्मीहरुका लागि प्रेस ज्याकेट समेत हस्तान्तरण गर्नुभएको थियो ।