तनहुँ सेवा समाज युएईले तीन जना पत्रकारलाई सम्मान गरेको छ । समाजले तनहुँका दुई र गोरखाका एक जना पत्रकारलाई सम्मान गरेको हो । पत्रकारिताको माध्यमबाट सकारात्मक परिवर्तनका लागि समाजमा उल्लेखनीय भूमिका खेलेर सामाजिक रुपान्तरणमा योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरेको हो । छोटो समयका लागि दुवई भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्ले र नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल र गोरखाका राजेन्द्र न्यौपानेलाई सम्मान गरेको हो । उक्त कार्यक्रमको संयोजन तनहुँ समाज युएईका अध्यक्ष सुदिप कार्की ,संरक्षक दिपक खड्का, प्रमुख सल्लाहकार हिरालाल श्रेष्ठ , सल्लाहकार बसन्त रिमाल, सल्लाहकार अम्मर रानाभाट,युवा संयोजक अम्मरराज पन्थी ,महासचिव सुरिन भुजेलले गरेका थिए ।
