तनहुँको घिरिङ गाउँपालिकाका कृषकहरु अदुवाखेतीमा आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका लागि अनुदान दिन थालेपछि कृषकहरु यस तर्फ आकर्षित भएका हुन् । गाउँपालिकाले १ सय ४४ जना अदुवा कृषकलाई प्रति व्यक्ति रु पाँच हजारका दरले रु सात लाख २० हजार वितरण गरेको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो । थापाले भन्नुभयो “ स्थानिय उत्पादनलाई बुद्धि गर्ने र कृषकहरुलाई व्यावसायिक रुपमा रपान्तरण उद्देश्यले सो कार्यक्रमा गरिएको हो ”। त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलले यस्ता अनुदानको कार्यक्रमले कृषकलाई कृषी तर्फ आकर्षित बनाउदै गएको बताउनुभयो । साथै गाउँपालिकाले लसुन २५० किलो ,प्याज ५ सय किलो र बेसार ५ सय किलोभन्दा बढी उत्पादन गर्नेलाई समेत रु पाँच हजार अनुदान दिने व्यवस्था गरेको छ ।