तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ४ स्थित खहरे बिरुवाटारमा सिंचाइको लागी कुलो निर्माण कार्य आईतबारबाट सुरु भएको छ । निमार्ण कार्यमा श्रमदानमा सहभागी हुँदै गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले आयोजना निर्माण भएपछि सोचे अनुसार खेतीबाट उब्जनी हुने बताउनुभयो ।अध्यक्ष थापा भन्नुहुन्छ “किसानलाई हिउँदको समयमा तरकारी लगायत अन्य कृषि उपज उत्पादन गर्न पानीको समस्या नहुने भएकोले उत्पादन बढ्ने अपेक्षा गरिएको छ” । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले हिउँदको समयमा तरकारीबाली सिंचाइ तथा वर्षातको समयमा धान रोप्नका लागि सिंचाइ योजना निमार्ण कार्य सुरु गरिएको बताउनुभयो ।उक्त परियोजनामा १३ सय मिटर लम्बाइ सिंचाइ कुलो मध्य ३०० मिटरमा जिआइ पाइप र अन्य ठाउँमा कालो पाइप प्रयोग गरी २०० घनमिटर को २ ओटा टंकीमा खसालिनेछ । हिउँदको समयामा हिउँदे वाली तथा तरकारी वालि सिंचाई गरीने र वर्षातको समयमा मुलको पानि संकलन गरि धान रोपाइ कार्यमा प्रयोग गरीने छ । उक्त ट्याङ्की निर्माण पछि त्यहाका करिब १ सय घरका खेतबारी सिचाइका लागी सहज हुने मानिएको छ । गण्डकी प्रदेश सरकारबाट विनियोजित करिव ४५ लाख रुपैयाँ बजेट तथा जनश्रमदान सहित सिंचाई कुलो पाइप सहितको ट्याङ्कीको निर्माण हुनेछ ।
