Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
पोखरेली व्यवसायी क्षमता अभिवृद्धिमा जुट्दै

पोखरेली व्यवसायी क्षमता अभिवृद्धिमा जुट्दै

सुरेश सुनार

७ चैत्र २०७८, सोमबार

411
Share

पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामग्रीको बिक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (एगा) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित पर्यटन प्रवद्र्धन एवं अवलोकन भ्रमणका सहभागी यतिखेर पूर्वी नेपालमा पर्यटन प्रवद्र्धनसँगै क्षमता अभिवृद्धिमा जुटेका छन् । आइतबार पूर्वी नेपालको विराटनगर पुगेका व्यवसायी एवं सञ्चारकर्मीसहितको २५ सदस्यीय टोलीले पूर्वी नेपालका पर्यटकीय गन्तव्य अवलोकनसँगै पोखराको पर्यटन प्रवद्र्धन एवं इम्ब्रोइडरी र गार्मेन्ट उद्योगबाट उत्पादित सामानको उत्पादन प्रक्रियालगायत विषयमा जानकारी गराएका छन् । एगा पोखराका अध्यक्ष विश्वराज पोखरेल आन्तरिक र बाह्य पर्यटकका लागि आफू फर्कदा लैजाने पर्यटकीय चिनारीले विशेष महत्व राख्ने बताउनुहुन्छ ।

इम्ब्रोइडरी र गार्मेन्टका सामानको बिक्री वितरणलाई २०६१ सालमा स्थापित एगाले व्यवस्थित बनाउँदै लगेको पोखरेलको भनाइ छ । इम्ब्रोइडरी र गार्मेन्ट उद्योगले पर्यटकको इच्छाअनुसार कपडामा बुट्टा भर्नुका साथै स्वदेशी तानमा बुनेका कपडा सिलाइ गरी बिक्री वितरण गर्दै आएको पोखरा पर्यटन परिषद््का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । पोखरामा आउने पर्यटकलाई गुणस्तरीय सामान उपलब्ध गराउने र पोखराको विशिष्ट पहिचानसहितको कोशेली के बनाउन सकिन्छ भन्ने नै भ्रमणको उद्देश्य रहेको उहाँ बताउनुहुन्छ । कोरोनाबाट प्रभावित पर्यटनको पुनःउत्थानका लागि पर्यटकीय गतिविधि बढ्नु आवश्यक छ । इम्ब्रोइडरी र गार्मेन्टबाट उत्पादित सामग्रीले नेपाललाई विश्वमाझ चिनाउने गरेको भए पनि संस्थाको योगदानको उचित मूल्याङ्कन हुन नसकेको एगा पोखराका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ बताउनुहुन्छ । “पर्यटकीय चिनारीका लागि यहाँको पहिचान झल्कने सामग्री तयार गरी बिक्री वितरण गर्दा विश्वमाझ नेपालको प्रचारप्रसार भएको छ”, उहाँले भन्नुभयो, “इम्ब्रोइडरी र गार्मेन्ट उद्योगलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।”(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

Tanahun Taranga media

वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal