तनहुँ मगर समाज समितिको नबनिर्मित भबन उद्घाटन सम्पन्न
नगरप्रमुख न्यौपानेद्वारा भवन उद्धाटन
सुरेश सुनार तनहुँ
तनहुँ मगर समाज समिति मालेबगरले नबनिर्मित भबन उद्घाटन गरेको छ । ब्यास न पा वाडा नं २ मालेबगरटोलमा तनहुँ मगर समाजले पक्कि भबन निर्माण गरीएको हो । व्यास नगरपालिकाको प्रमुख बैकुण्ठ न्यैपानेद्धारा गत बिहिबार उक्त भबनको उद्धाटन गरिएको थियो ।

एस इ इ परिक्षमा सर्बौत्कृष्ट अंक ल्याएकी रबिना थापालाइ समाजद्धरा सममान गरिर्दै
व्यासनगरपालिकाको रु.दश लाख र व्यासनगरपालिका वडा नं २ कार्यालयबाट रु.६ लााख, तनहुँ मगर समाज आमा समुहको बिभिद कार्यक्रमबाट रु ६ लाख र तनहुँ मगर समाज समितिका पदाधिकारीको ब्याक्तिगत लागनि रु ६ लाख भन्दा बढी रु १ लाख ६० हजारसम्म गरी करिब ५९ लाखकोे संयुक्त लगानिमा उक्त भवन निर्माण गरिएको हो ।
भबनको उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले मगर समुदायले आफ्नो धर्म संस्कृति र संस्कारको लागि शसक्त रुपमा अघि बढेको बताए ।
मगर समुदायको कलासंकृति, मौलिकता संरक्षण एवं सम्बद्र्धनकाो लागि नगरपालिका सदैब तत्पर रहेको उनले बताए । विकास निर्माणका कार्यमा यो र त्यो समुदायन नभनि सबै सामुहिक रुपमा मिलेर योगदान गर्न सकेको खण्डमा समृद्ध नेपालको परिकल्पना पूरा हुन सक्ने नगरप्रमुख न्यौपानेले बताए । उक्त कार्यक्रमका विशिष्ट अतिथि एबं नपा कि उपप्रमुख मिरा जोसिले नपाको १४ वटा वडाका आमासमुहका भवन , सामुदाईक भबन , पहुच मार्ग , स्कुल तथा वडाकार्यलयहरुलाई समान रुपले बजेट बिनियोजन गरेको र अजै धेरै बिकास गर्न बाकि रहेको हुनाले आगामि दिनहरुमा अज धेरै बिकास निर्माणको कार्यलाई जेड दिने बताईन । उनले चुनाबि माहोल नजिकिदै आएको हुदा अब टिकट पाउने नपनउने सुनिस्चित नभएको र कार्यकाल सकिन लागेको हुदा जनप्रतिनिधि मात्र नभई यहि संथानिय भएको हुनालेपनि भाबि दिनहरुमा ब्याक्तिगत तर्फबाटपनि टोल, समाज , वाडा तथा पालिकालाई सहयोग गर्ने बताईन ।
कार्यक्रममा ब्यास न पा वाडा नं २ का अध्यक्ष कासिराम श्रेष्ठले बोल्दै यो भबन मगर समाजको मात्र नभई वाडा नं २ को गहना को रुपमा रहेको हुदा कुनैपनि समूह तथा सामुदाईक भबनहरु स्थानिय निकाय अन्तर्गतको समुहिक भएको हुनाले सबैले सहकार्य गरि सबै समुदाएको साझा हो भन्ने मान्नुपर्ने बताए । उनले सबै नगरबासिलाई नया बर्ष २०७९ सालको शुभकामना समेत ब्याक्त गरेका थिए । भबन उद्धाटन कार्यक्रममा जग्गा उपलब्द गराउने जग्गा दाता एकबहादुर राना र ईमानसिंह रानालाई सम्मान गरिएको थियो । कार्यक्रममा मगर समाजका कोषादक्ष राम बा रानाले आर्थिक तथा बार्षिक आएब्याय प्रस्तुत गरेका थिए ।
निल बहादुर थापाको सभापतित्यमा सम्पन्न उक्त कार्यक्रममा वास १३ का अध्यक्ष लेख ब राना , ऋिसाङ गा पा वाडा नं ५ का अध्यक्ष पदम वा थापा , संको निबर्तमान अध्यक्ष भोज बा थापा , संका सल्लाहाकार बिना राना , बिभिन्न वडाका सदस्य लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम सोहि संस्थाकि सचिब कमला थापा ले संचालन गरेकि थिईन ।